पुसको ठण्डीमा कुखुराको लडाईं

पुसको ठण्डीमा कुखुराको लडाईं स्रोतः सिन्ह्वा

भारतको उत्तरपूर्वी राज्य आसाममा भाले जुधाई प्रतियोगितालाई निकै रमाइलो मानिन्छ । आसामको मोरिगाउँमा हालै ‘कक फाइट’ प्रतियोगिता आयोजना गरिएको छ ।

मोरिगाउँमा विगतमा झैँ यो वर्षको परम्परागत कुखुरा लडाइँ प्रतियोगितामा पनि धेरै दर्शक उपस्थित भएको बताइएको छ । दर्शकहरुले रोमाञ्चक प्रतियोगिताको आनन्द लिँदै भने, ‘एक किसिमले युद्ध मैदान जस्तै लाग्छ ।’ कुखुरा लडाइँलाई भारतमा निकै लोकप्रिय मानिन्छ । 

प्रतियोगितामा सहभागी गराइने कुखुरालाई धेरै अघिदेखि छनोट गरेर पोषिला खानेकुरा खुवाउने गरिन्छ । तालिम दिन र कुखुराको पराक्रम परीक्षण गर्न प्रतियोगिताअघि धेरै चरणका कक फाइटको आयोजना गर्ने गरिन्छ । तर ती सबै आफ्नै घरमा हुने गर्छ ।

कुखुराका दुई मालिकले आफ्ना कुखुरालाई ‘ककपिट’ मा राखेर जुधाउन थालेपछि तीमध्ये एकको मृत्यु वा गम्भीर घाइते नभएसम्म भालेहरुलाई लडाउने कार्य जारी रहन्छ । यो प्रतियोगिता १६ औं शताब्दीमा मनोरञ्जनका लागि थालनी गरिएको विश्वास छ । अर्जेन्टिना, अष्ट्रेलिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिलीलगायतका मुलुकमा पनि यस्तो प्रतियोगिता हुने गरेको छ ।

टिप्पणीहरू