मध्यराती पब्जी टिमलाई नेपाल भित्र्याउन मेयर बालेन विमानस्थलमा

मध्यराती पब्जी टिमलाई नेपाल भित्र्याउन मेयर बालेन विमानस्थलमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह इण्डोनेसियामा आयोजित पब्जी मोबाइल च्याम्पियनसिपमा भाग लिएर स्वदेश फर्केको नेपाली टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । उनले हिजो राति ११ बजे विमानस्थल पुगेर उक्त प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको डिआरएस टिमलाई स्वागत गरेका हुन् ।

राति बाटिक एअरको उडान नम्बर ओडी १८२ मा मलेसियाको राजधानी क्वालालम्पुरबाट काठमाडौं आएको संगीन भट्टराई नेतृत्वको छ सदस्यीय टोलीलाई बालेनले स्वागत गरेका थिए । मेयर साहसँगै ७०-८० जना त्यहाँ पुगेका थिए ।

यसअघि साह उक्त प्रतियोगिता अवलोकन गर्न र निजी घुमघामको लागि भन्दै इण्डोनेसियाको जाकार्ता र बाली गएका थिए । श्रीमतीसँगै त्यहाँ गएका उनी अस्ति राति स्वदेश फर्केका हुन् ।

टिप्पणीहरू