पब्जी खेलाडीलाई उकास्न मेयर बालेन बिदेशमा

पब्जी खेलाडीलाई उकास्न मेयर बालेन बिदेशमा

निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्धा हालेको भोलिपल्टै काठमाडौँ महानगरका मेयर बालेन्द्र साह अस्ति राती बुधवार स-पत्नी विदेश भ्रमणमा निस्किए । मेयरमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमणमा निस्किएका उनी यतिबेला इण्डोनेसियाको जकार्तामा छन् । 

नितान्त निजी भनिएको बालेन्द्रको इण्डोनेसिया भ्रमणको उद्धेश्य भने अर्कै रहेको खुलेको छ । पब्जी खेलको विश्व च्याम्पियनसिपमा सहभागी हुन उनी जाकार्ता पुगेको निकट स्रोतले जनाएको छ । जाकार्तामा चलिरहेको पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल प्रवेश गरेका दुई नेपालीलाई हौसला दिन त्यता गएको बताइएको छ । 

महानगरवासीका तमाम काम छोडेर श्रीमतीसहित मेयर पब्जी हेर्न विदेश गएको भन्दै सामाजिक सञ्जालमा धेरैले 'कोहीलाई के धन्दा,घर ज्वाईंलाई खानैको धन्दा' भनेर व्यंग गरेका छन् ।

टिप्पणीहरू