नयाँ दिल्लीमा वायु प्रदुषण भयावह, निर्माण कार्यमा रोक

नयाँ दिल्लीमा वायु प्रदुषण भयावह, निर्माण कार्यमा रोक

भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदुषण भयावह अवस्थामा पुगेको छ । आज दिल्लीको आकाशमा वायुको गुणस्तरले सीमा नाघेको छ । पछिल्लो २४ घण्टामा नयाँ दिल्लीको वायुको गुणस्तर इन्डेक्स ३९९ पुगेको छ ।

वायु प्रदुषण घटाउन भारत सरकारले राजधानी क्षेत्रमा अत्यावश्यक बाहेकका निर्माण कार्यमा रोक लगाएको छ । यता काठमाडौंको वायु प्रदुषण पनि केही दिनदेखि बढेको छ । आज काठमाडौंको वायुको गुणस्तर इण्डेक्स १७३ पुगेको छ । नेपालमा सबैभन्दा धेरै वायु प्रदुषण आज विराटनगरमा देखिएको छ । त्यहाँको इण्डेक्स २०४ पुगेको छ ।

टिप्पणीहरू