७७ वर्षिया नेतृको जेल सजाय ३३ वर्ष पुग्यो

७७ वर्षिया नेतृको जेल सजाय ३३ वर्ष पुग्यो

म्यानमारको सैनिक अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यो सँगै उनलाई दिइएको कूल जेल सजायको अवधि ३३ वर्ष पुगेको छ । उनलाई दुई वर्षदेखि घरैमा नजरबन्द राखिएको छ । पछिल्लो १८ महिनामा उनीविरुद्ध १९ वटा मुद्दा चलाइएको छ । सुकीलाई आज थप पाँच अभियोगमा सात वर्षको जेल सजाय सुनाइएको छ । 

उनले मन्त्रीलाई हेलिकप्टर भाडामा लिँदा प्रचलित नियमको पालना नगरेको आरोपमा अदालतले भ्रष्टाचार ठहर गरेको हो । आज पनि उनीविरुद्ध मुद्दाको सुनुवाइ बन्द इजलासमा भएको थियो । सर्वसाधारण र सञ्चारमाध्यमलाई हेर्न- सुन्नसमेत प्रतिबन्ध लगाइएको थियो । साथै सुकीका कानुन व्यवसायीहरुलाई पनि सञ्चारमाध्यमका प्रतिनिधिसँग भेट्न दिइएको थिएन ।

टिप्पणीहरू