फाइल ओपन कि क्लोज ?

फाइल ओपन कि क्लोज ?

नयाँ गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको फाइल ओपन गर्नुभएको छ । उहाँको पहिलो काम नै निर्मला पन्तका बलात्कारी र हत्यारालाई समाउनु हुनेछ । कति वटा गृहमन्त्रीले गर्न नसकेको काम अब उहाँले गर्ने हुनुभएको छ । यो राम्रो संकेत हो । 

निर्मला पन्तको फाइल ओपन गरेपछि अब धेरैलाई यस्तो लाग्न थालेको छ कि अब उहाँले अरु पनि फाइलहरू ओपन गर्नुहुनेछ । थाहा छैन, उहाँले अब कतिवटा फाइल ओपन गर्नुहुनेछ । तर सबैलाई थाहा भएको कुरा के हो भने उहाँ गृह मन्त्रालय जानुभएको वास्तवमा फाइल ओपन गर्नलाई होइन, बरु फाइल बन्द गर्नलाई हो ।

गृह मन्त्रालयमा अहिले केही यस्ता फाइल ओपन छन् जसलाई जसरी भए पनि बन्द गर्नु छ । त्यो अरुले बन्द गर्न सक्दैन । त्यो गृह मन्त्रीले मात्रै बन्द गर्न सक्छ । त्यसैले उहाँलाई गृह मन्त्री बन्नु परेको हो । होइन भने त जुन मान्छेको गृह जीवन यदि डाँवाडोल छ, उसैलाई गृह मन्त्रालय दिनुको के अर्थ ?
 

टिप्पणीहरू