विश्व फुटबलमा एउटा युगको अन्त्य

विश्व फुटबलमा एउटा युगको अन्त्य

विश्व फुटबलका महान खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । उनको ब्राजिलको स्थानीय समयअनुसार बिहीवार राति साओ पाउलोमा निधन भएको हो ।

पेले उपचाररत अल्बर्ट आइन्सटाइन अस्पतालले उनी बितेको पुष्टि गरेको छ । पेले किड्नी र प्रोटेस्टको समस्यासँगै अर्बुदरोगसँग केही वर्षयता जुधिरहेका थिए ।

उनको नेतृत्वमा ब्राजिलले सन् १९५८, १९६२ र १९७० को विश्वकप उपाधी ब्राजिलले जितेको थियो ।

पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि बनाएका छन् । आफ्नो २१ वर्षे फुटबल करिअरमा १ हजार ३६३ खेलमा कीर्तिमानी १ हजार २८१ गोल गरेका उनले आफ्नो मुलुकका लागि ९२ खेलमा ७७ गोल हानेका थिए ।

टिप्पणीहरू