युक्रेनी राष्ट्रपतिको रातारात ह्वाइट हाउस आगमन

युक्रेनी राष्ट्रपतिको रातारात ह्वाइट हाउस आगमन

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिका पुगेका छन् । उनले रुससँग आफूले केवल ‘शान्ति’ को कुरो उठाएको उल्लेख गर्दै मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नगरिने बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको कुराकानीपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘युद्धमा आफ्ना छोराछोरी गुमाएका आमा बाबुले कुनै हालतमा चित्त बुझाउन सक्ने छैनन् ।’

उनले राष्ट्रपतिको हैसियतमा आफ्नालागि शान्ति भनेकै मुलुकको सार्वभौमसत्ता,स्वतन्त्रता र क्षेत्रीय अखण्डतामा सम्झौता नगर्नु रहेको उल्लेख गरे । त्यसअघि भएको भेटमा अमेरिकी राष्ट्रपति बाइडेनले जेलेन्स्कीलाई एक्लै भएको महसुस नगर्न ढाडस दिएका थिए । 

जवाफमा युक्रेनी राष्ट्रपतिले अमेरिकी राष्ट्रपति,संसद र आमअमेरिकी समर्थनको प्रशंसा गरेको प्राप्त समाचारमा जनाइएको छ ।

टिप्पणीहरू