निर्वाचन आयोगको प्राङ्गणमा जलपान गर्नेको भीड

निर्वाचन आयोगले आज आयोजना गरेको जलपान कार्यक्रममा उल्लेख्य उपस्थिति देखिएको छ । आयोगले हालै भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा परिसरमा कार्यक्रम राखेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहनुभएको जलपानमा उपराष्ट्रपति नन्द किशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति छ । 

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, पूर्व सभामुखहरु, मन्त्रीहरु, कुटनैतिक निकायका प्रतिनिधिहरु, निजामती, सुरक्षा निकायका प्रमुखहरु, सरकारी उच्च अधिकारी, कालाकारहरुको बाक्लो उपस्थिति देखिन्छ ।

टिप्पणीहरू