छिमेकी प्रधानमन्त्रीद्वारा मध्यराति अर्जेण्टिना र फ्रान्सका राष्ट्रपतिलाई बधाई

छिमेकी प्रधानमन्त्रीद्वारा मध्यराति अर्जेण्टिना र फ्रान्सका राष्ट्रपतिलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकप विजेता अर्जेण्टिनाका राष्ट्रपति र राष्ट्रिय टिमका क्याप्टेन लियोनेल मेसीलाई बधाई दिएका छन् । उनले मेसीको नेतृत्वमा अर्जेण्टिनाले विश्वकप जितेको भन्दै राति नै बधाई दिएका हुन् ।

प्रधानमन्त्री मोदीको ट्वीटमा भनिएको छ, ‘आजको रोमाञ्चक फाइनल खेलले लामो समयसम्म याद दिलाउने छ । अर्जेण्टिना र मेसीको शानदार जीतको भारतीय प्रशंसकले आनन्द लिएका छन् ।’

सँगसँगै प्रधानमन्त्री मोदीले निकै राम्रो खेल खेलेको भन्दै फ्रान्सलाई पनि बधाई दिएका छन् । राष्ट्रपति इमानुएल म्याक्रोलाई ट्याग गरिएको ट्वीटमा भनिएको छ, ‘फाइनलसम्म पुग्ने क्रममा फ्रान्सले आफ्ना प्रशंसकसमक्ष देखाएको फुटबल कौशल र खेल भावनाले सबैलाई खुशी दिलाएको छ ।’

टिप्पणीहरू