राष्ट्रपतिले के गर्नुहोला ?

राष्ट्रपतिले के गर्नुहोला ?

रेशम चौधरीलाई रिहा गर्न सरकारले फेरि अध्यादेश ल्याएको छ । नेपालका सरकारहरू अरुभन्दा पनि अध्यादेश ल्याउनमा चाहिँ साह्रै हतार गर्दा रहेछन् । विकास, सुशासन, शान्ति, सुरक्षा ल्याउन नसके पनि अध्यादेशचाहिँ छुसुक्क प¥यो कि ल्याइहाल्ने ।

सरकारले ल्याएको अध्यादेश अहिले राष्ट्रपति कार्यालय पुगेको छ । अब सबैको आँखा राष्ट्रपतितिर छ, अध्यादेशलाई राष्ट्रपतिले के गर्नुहुन्छ होला ? राष्ट्रपतिको निर्णय सुन्न सबैजनाको ध्यान शीतल निवासतिर केन्द्रित छ । तर नेपालको संविधानले राष्ट्रपतिलाई धेरै अधिकार दिएको छैन । त्यो सबैलाई थाहा भएकै विषय हो ।

राष्ट्रपतिले मन लागेको कुरा अरु ठाउँबाट सिफारिस आयो भने सदर नत्र बदर गर्ने मात्रै हो । त्यसैले अब राष्ट्रपतिले के गर्नुहुन्छ भनेर हेर्ने हो भने ताक्ने शीतलनिवास होइन । ताक्ने त बालकोट हो । बालकोटबाट जे भनिन्छ, राष्ट्रपतिले त्यही गर्नुहुनेछ । नेपालको राष्ट्रपति भनेको अमेरिकाको राष्ट्रपतिजस्तो शक्तिशाली हैन नि ! राष्ट्रपतिलाई संविधानले नै धेरै अधिकार दिएको छैन । त्यही भएर पनि राष्ट्रपतिले बालकोटले जे भन्छ, त्यही गर्नुबाहेक अर्को उपाय छैन । 
 

टिप्पणीहरू