फुटबल हेर्न जाने,नजर अन्तै लाउने

फुटबल हेर्न जाने,नजर अन्तै लाउने

कतारमा जारी विश्वकप खेल हेर्न पुगेका खेलाडीहरुले फुटबल मैदानमा भन्दा अन्यत्र नजर लगाएको पाइएको छ । क्वार्टरफाइनलमा ब्राजिललाई हराएर सेमिफाइनल पुगेको क्रोएसियाको खेलमा उपस्थित मीस क्रोएसियाका कारण अरबका धनी दर्शकको नजर भाँडिएको हो । 

मीस क्रोएसिया इभाना नोल आफ्नो मुलुकका खेलाडीको हौसला बढाउन यतिखेर दोहामा छिन् । गत शुक्रवारको खेलमा उनी स्टेडियममा यताउता गर्दा विशेषगरी कतारी दर्शकहरुको मन बरालिएको फोटोबाटै अनुमान लगाउन सकिन्छ ।

टिप्पणीहरू