खुल्न सकेन १६ बर्षकी किशोरी आत्महत्याको कारण

खुल्न सकेन १६ बर्षकी किशोरी आत्महत्याको कारण

ललितपुरको सानेपा बस्ने सदिक्षा चौधरीको आत्महत्याको कारण खुल्न सकेको छैन । हिजो राति १६ वर्ष चौधरीले झुण्डिएर आत्महत्या गरेकी थिइन् । तर,२४ घण्टा बितिसक्दा पनि आत्महत्याको कारण खुल्न नसकेको ललितपुर प्रहरीले जनाएको छ । 

सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं ७ बसाङकोटी घर भई हाल सानेपामा बस्दै आएकी चौधरीले आफ्नै कोठाको पङ्खाको हुकमा सलको पासो लगाएर ज्यान फालेकी हुन् । बाहिरबाट आएर सरासर कोठामा छिरेको केहीबेरमा उनले आत्महत्या गरेको पारिवारिक स्रोतले बताएको छ ।

किशोरीले आत्महत्या गर्नुको कारण अझै पनि खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, ललितपुरका नायब उपरीक्षक (डिएसपी) दीपक भारतीले बताए । यससम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई छ । हाल शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

टिप्पणीहरू