डेङ्गुबाट बागमती प्रदेशमा ४२ हजार पीडित,२३ जनाको ज्यान गयो

डेङ्गुबाट बागमती प्रदेशमा ४२ हजार पीडित,२३ जनाको ज्यान गयो

डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको छ ।

लामखुट्टेको टोकाइबाट लाग्ने उक्त रोग बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि यति असर परेको हो ।


डेङ्गुबाट प्रभावित हुनेमा सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम रसुवा जिल्ला रहेको पाइएको छ ।

काठमाडौँ जिल्लामा ११ हजार एक सय २७ डेङ्गुका बिरामी फेला परेका छन् भने रसुवाका ११ मा मात्र डेङ्गुका बिरामी फेला परेका छन्  ।

डेङ्गुको सङ्क्रमणबाट ललितपुरमा नौ हजार छ सय तीन,मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार छ सय ४५, काभ्रेमा पाँच सय ३६, रामेछापमा दुई सय ३४, सिन्धुपाल्चोकमा दुई सय नौ, नुवाकोटमा, दुई सय ७३, सिन्धुलीमा एक सय ७० र दोलखा जिल्लामा एक सय चार जना बिरामी भएको बुझिएको  छ ।

साथै प्रदेशमा हालसम्म डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

टिप्पणीहरू