शिवम सिमेन्टसँग सुन उपहार

शिवम सिमेन्टसँग सुन उपहार

शिवम सिमेन्टले “शिवमसँग उपहार टन्न” नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना हिजोदेखि नेपालभर लागू हुनेगरी ल्याएको छ । यस योजनापश्चात् प्रत्येक २० बोरा सिमेन्ट खरिद गर्ने ग्राहकले स्क्र्याच कुपन पाउने छन् । 

उक्त कुपनमा दुई सयदेखि पाँच सयसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का, २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सिक्री उपहार पाउने कम्पनीले बताएको छ । सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्र गरी एउटै कुपनबाट तीन पटकसम्म उपहार जित्न मौका पाउने छन् । 

हरेक महिनाको लक्की ड्रमार्फत पहिलो पुरस्कार जित्ने दुई भाग्यशाली जोडीलाई थाइल्यान्ड भ्रमण,दोस्रो पुरस्कार जित्ने चार जोडीलाई हेलिटुर,तेस्रो पुरस्कार जित्ने ६ जनालाई आधा केजी चाँदी, चौथो ८ विजेतालाई हिराको औंठी र पाँचौं १० जोडी विजेतालाई माउन्टेन फ्लाइट लक्की ड्रमार्फत उपहार दिइने भनिएको छ । 

त्यस्तै,अन्तिम महिनामा प्राप्त कुपनहरु मासिक लक्की ड्रमा समावेश नभई मेघा लक्कीड्रमा समावेश गरिने छ । मेघा लक्की ड्रमार्फत २ भाग्यशाली ग्राहकले ५ तोला सुन,४ जनाले ३ तोला सुन, ८ जनाले एक तोला सुन र १० जनाले आधा तोला सुन जित्न सक्नेछन् । 

लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दाबी गर्नुपर्ने कम्पनीले जानकारी गराएको छ ।

साथै,स्क्रयाचमार्फत हात खाली हुन नदिन पक्का उपहारअन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्नेले वितरकबाट तुरुन्तै प्राप्त हुने सुन र चाँदीको लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

टिप्पणीहरू