एमाले र महेश बस्नेतहरू

एमाले र महेश बस्नेतहरू

एमालेका जित्नै पर्ने उम्मेदवार हुनुहुन्थ्यो कमरेड महेश बस्नेत । तर हार्नुभयो । जित्न लाग्दा लाग्दै हार्नुभयो । तर केही छैन । भक्तपुरको महेश बस्नेत हार्नुभयो, तर इलामको महेश बस्नेतले जित्नुभएछ । एउटा महेश बस्नेत हारे पनि अर्को महेश बस्नेतले जित्नुभएको छ । एमालेमा जगेडा महेश बस्नेत पनि रहेछन् । त्यसैले एउटाले हारे पनि अर्कोले जिते । कुनै फरक परेन । 

वास्तवमा एमालेमा महेश बस्नेतको कुनै कमी छैन । पार्टीभित्र धेरै महेश बस्नेत देखियो । एमालेले पार्टीमा अरु केही नभए पनि महेश बस्नेतहरूको चाहिँ राम्रै व्यवस्था गरेको रहेछ । महेश बस्नेत भनेको एमालेको खम्बा नै हो । त्यसैले खम्बाहरू त एकभन्दा बढीकै व्यवस्था गर्नुपर्ने हुन्छ । सो एमालेले गरेको छ । त्यसैले अहिले हेर्नोस्, भक्तपुरमा महेश बस्नेत हारेकोमा कार्यकर्ताहरू निराश थिए । तर इलाममा महेश बस्नेत जितेकोमा फेरि खुशियाली छाएको छ ।

यसैबाट थाहा हुन्छ, एमाले मूलतः महेश बस्नेतकै पार्टी हो । किनभने एमालेभित्र धेरै महेश बस्नेत छन् । एउटा बिलाए अर्को हाइहाल्छन् । जय महेश बस्नेत । 
 

टिप्पणीहरू