परिवर्तनमा विश्वास

परिवर्तनमा विश्वास

रवि लामिछानेले घण्टी बजाउँदै धेरै सिट जितेपछि अब देशमा परिवर्तन आउने पक्कापक्की भएको छ । रवि छामिछानेले नजितेको भए परिवर्तन आउनेमा शंका उत्पन्न हुन्थ्यो होला । तर लामिछानेले जित निकालेपछि परिवर्तन पक्का भएको छ । 

परिवर्तनका लागि रवि लामिछानेप्रति मानिसहरूको यति ठूलो विश्वास किन जागेको होला ? के छ रवि लामिछानेमा ?

लामिछानेप्रति यति विश्वास जाग्नु वास्तवमा सामान्य कुरा हो । त्यो किन त भन्दा रवि लामिछाने आफै एक परिवर्तनशील प्राणी हुनुहुन्छ । उहाँ आफै पनि परिवर्तनमा धेरै विश्वास गर्नुहुन्छ । त्यसैले उहाँ टाइम टाइममा परिवर्तनकारी कार्यहरू गरिरहनु हुन्छ । उहाँ कहिले आफू बस्ने देश परिवर्तन गर्नुहुन्छ । कहिले नागरिकता परिवर्तन गर्नुहुन्छ । कहिले श्रीमती परिवर्तन गर्नुहुन्छ ।

कहिले काम गर्ने संस्था परिवर्तन गर्नुहुन्छ । उहाँ जहिले पनि कुनै न कुनै परिवर्तन गरि नै रहनु हुन्छ । त्यसैले अब देशमा पनि उहाँले नै परिवर्तन ल्याउनुहुन्छ भन्ने आशा जागेको हुनुपर्छ । अहिले देशमा लामिछाने जत्तिको परिवर्तनकारी नेता अरु को छ ?
 

टिप्पणीहरू