चुनाव जित्न गृहमन्त्रीले यतिसम्म गरेछन् चलाखी

चुनाव जित्न गृहमन्त्रीले यतिसम्म गरेछन् चलाखी

बहालवाला मन्त्री, त्यो पनि प्रधानमन्त्रीपछिको शक्तिशाली गृहमन्त्री † यो स्थितिमा गृहजिल्लाबाटै चुनाव हार्ने घटना नेपाली राजनीतिमा विरलै हुन्छन् । रुपन्देहीमा बालकृष्ण खाँणलाई त्यस्तै भयो । 

०६४ मा गृहमन्त्री रहँदै कृष्ण सिटौलाले बाहेक गृहमन्त्रीले हारेको इतिहास थिएन । बालकृष्णले हार दोहो¥याए, त्यो पनि आफ्नै कारणले । खाँणको पराजयसँग उनका व्यक्तिगत कारण जोडिएका छन्, मुख्यतः पारिवारिक । जेठी पत्नीलाई प्रदेश, कान्छीलाई संघीय संसदको समानुपातिक । भाइ रामकृष्ण पार्टीको जिल्ला सभापतिदेखि तिलोत्तमाको मेयरसम्म, अनि आफू गृहमन्त्री, उम्मेदवार पनि आफैँ । यस्तो स्थितिमा जिल्ला कांग्रेसभित्र असन्तुष्टि चुलियो । पुराना नेताहरुसँग छलफल छैन, पूर्वाग्रह मात्रै राखियो । त्यसलाई व्यवस्थापन गर्नतिर उनी लागेनन् । 

‘चुनाव हारिँदैछ, स्थिति त्यति राम्रो छैन’ भन्नेहरुलाई बाघले झैँ झम्टिने उनको व्यवहार र राजशी शैलीका कारण शुभचिन्तक पनि नजिक पर्न चाहेनन् । उनलाई लाग्यो कि, बोल्नै नसक्ने दीपक बोहोराले चुनाव के हराउलान् † मैदानमा रहेका कार्यकर्ताका कुराभन्दा प्रहरीका डिआइजी, अनुसन्धानका एसएसपीहरुको कुरा सुने । सचिवालयको टीमका सबै बद्नाम थिए । चितवनका शिक्षक नरेन्द्र केसी, बिजेश न्यौपाने, सन्तोष डिसी, बडीगार्ड तेजबहादुर सिलवाल (भूपू सई), मधुसुदन भट्टराई, निवास हेर्ने राकेश राईहरु पैसा उठाउने तर नबुझाउने कारण निर्वाचन परिचालन व्यवस्थित भएन ।

दाताले पैसा दिन्थे, मन्त्रीले पाउँदैन थिए । यदि उनले चुनावलाई पैसा उठाउने मेलोका रुपमा परिणत नगरी ती कुरा व्यवस्थापन गर्न सकेको भए त्यहाँबाट एमालेले टिकट नदिएका कारण अर्को क्षेत्रमा स्वतन्त्र उम्मेदवार भएका घनश्याम भुसालका केही मान्छेले भोट हाल्थे । त्यसमाथि तिलोत्तमाको नगर अधिवेशनमा डिएसपी ठगबहादुर केसीले एमालेका जनप्रतिनिधिलाई पानीमा चोपल्दा पनि कारवाही नगरेको रिसले गर्दा एमालेहरु उनका पक्षमा लाग्न सकेनन् । ती डिएसपीलाई केही कारवाही भएन, बरु बुटवलमै राखियो । 

‘चुनावमा चाहिन्छ’ भनेर बढुवा र सरुवा भइसकेका गुप्तचरका एसएसपी रमेशचन्द्र यादवलाई जिल्लामै रोकेर राखियो, उनी आफैँमा बद्नाम थिए । चुनावमा परिचालित हुनुपर्ने कार्यकर्ता, तर सक्रियताचाहिँ प्रहरीको थियो । सशस्त्रका डिएसपी सुरज पाण्डे बुटवल बेसमा थिए । इन्स्पेक्टरको दरबन्दी भएको बेसमा बसेर डिएसपीले चुनाव चलाएपछि के हुन्छ ? मन्त्रीप्रति जनतालाई दिक्दार बनाउने अर्का डिएसपी थिए, कृष्ण अर्याल । पहिला एकल काज निकालेर डण्डा जाने उनले आफैँ ‘कांग्रेसको नेता हुँ’ भनेझैँ व्यवहार गर्दा कार्यकर्ता दिक्दार भए । 

यता, गृहमन्त्रीका नाममा आरजु देउवाका पिए प्रकाश देउवाको चलखेल बढ्दो छ । भर्खरै कैलालीबाट सुदूरपश्चिम प्रदेशको सांसदमा जितेका प्रकाश आफैँले त्यहाँको मुख्यमन्त्री बन्ने हल्ला पनि चलाए । उनले कमलादी मोडको ओपेरा रेष्टुरेण्टमा अड्डा जमाएर फौजीसँग उठ्तीपुठ्ती चलाउने गरेको बताइन्छ । गृहमन्त्री र प्रधानमन्त्रीपत्नीबीच बिचौलिया बनेर फौजसँग खर्च उठाउने पात्र यी पनि हुन् । 

 

टिप्पणीहरू