राजधानीका नाइट क्लबमा बिहान झिसमिसेसम्म रमाउन छुट

राजधानीका नाइट क्लबमा बिहान झिसमिसेसम्म रमाउन छुट

राजधानी काठमाडौं उपत्यकाको रात्रि जीवनलाई बिहानको उज्यालोसम्म निरन्तरता दिने निर्णय भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले त्यसो गर्नु उचित हुने माइन्युट गरेको छ ।

निर्णयमा रेष्टुरेण्ट,बार तथा दोहोरी क्लब र नाइट क्लब अबेरसम्म खुला गर्न दिने उल्लेख छ । यसअघिको समयमा परिवर्तन गर्दै रेष्टुरेण्टहरू रातको १२ बजेसम्म, डान्स बार,दोहोरी रेष्टुरेण्ट,लाउन्ज,पब र बारहरु बिहानको २ बजेसम्म र डिजेसहितको नाइट क्लब बिहानको ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।

टिप्पणीहरू