यस्तै पाराले हाम्रो जहाज उड्न पाउला त यूरोपेली आकाशमा ?

यस्तै पाराले हाम्रो जहाज उड्न पाउला त यूरोपेली आकाशमा  ?

हिजो दिउँसो काठमाडौंबाट तोकिएको समयमा उड्न ठिक्क परेको टर्किस एअरलाइन्सको विमानलाई टावरले डेढ घण्टा अड्कायो । सबै यात्रुलाई विमानभित्र राखेर धावन मार्गमा जान लाग्दा एअर ट्राफिक कन्ट्रोलरले अनुमति नदिएको कारण उक्त जहाज झण्डै त्यति ढिलो उडेको हो । 

टर्किस एअरलाइन्सको हिजोको उडान तालिका सवा ११ बजेको थियो । महिला,बालबालिका र बिरामीलाई लामो समयसम्म जहाजभित्र राखेर उडान भर्न नदिँदा उनीहरुमाथि पर्ने समस्याबारे नेपालका सम्बन्धित निकाय बेखबर हुने गरेको यो ज्वलन्त नमूना हो ।

यता,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने युरोपियन युनियनले नेपालको आकाशलाई कालोसूचीबाट हटाउनुअघि गरिएको परीक्षणका कारण उडान ढिलो भएको जनाएको छ । उसले क्यालिब्रेसन फ्लाइटका कारण त्यस्तो भएको बताएको छ ।

‘धेरै यात्रुको बिचल्ली भयो । मुख्यगरी इस्तानबुलबाट अन्य मुलुक र शहरतर्फ जाने यात्रुको उडान छुट्दा टर्की पुगेर रनभुल्ल परियो । हाम्रो टोलीको पनि साइप्रस जाने तोकिएको बेलुका सवा ७ बजेको उडान छुट्दा भोलिपल्ट बिहान २ बजे मात्र उड्न पाइएको थियो ।’

तर सोही विमानको दुई हप्ता अघिको उडानलाई पनि त्यसैगरी डेढ घण्टा नै रोकिएको थियो । नोभेम्बर १० तारिख बिहान सवा ११ बजे इस्तानबुलतर्फ  उड्नुपर्ने विमानले डेढ घण्टा ढिलो  गरी उड्ने अनुमति पायो । त्यस दिनका एक जना यात्रुले बताए, ‘धेरै यात्रुको बिचल्ली भयो । मुख्यगरी इस्तानबुलबाट अन्य मुलुक र शहरतर्फ जाने यात्रुको उडान छुट्दा टर्की पुगेर रनभुल्ल परियो । हाम्रो टोलीको पनि साइप्रस जाने तोकिएको बेलुका सवा ७ बजेको उडान छुट्दा भोलिपल्ट बिहान २ बजे मात्र उड्न पाइएको थियो ।’

उनका अनुसार डेढ घण्टा ढिलो काठमाडौंबाट उडेका कारण सो दिन इस्तानबुलबाट अन्यत्र जाने धेरै यात्रु अप्ठेरोमा परेका थिए । त्यहाँ एक घण्टादेखि डेढ घण्टासम्मको ट्रान्जिट भएका यात्रुहरुमध्ये प्रायः सबैले मध्यरातको अर्को उडान र केहीले भोलिपल्ट बिहानसम्मको लागि विमानस्थलमा खानु र सुत्नुको अवस्थामा रात कटाउनुपरेको थियो ।" 

नेपालको पुरानो र राजधानीस्थित एक मात्र विमानस्थलबाट हुने यस्ता उडान ढिलाइका उदाहरण अनेक छन् । यसले मुलुकको हवाई उडानको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह उठाएर विश्वसनीयतामाथि शंका उठाएको छ । कहिले भीआईपी उडान,कहिले परीक्षण उडानको नाममा हुने र यदाकदा विमान कम्पनीको लापरवाहीबाट हुने गरेका ढिलाइको प्रत्यक्ष मार यात्रुले व्यहोरे पनि अप्रत्यक्ष मार मुलुकको प्रतिष्ठासँग जोडिएकोतर्फ सम्बन्धित निकायले कहिले ध्यान दिने होला  ?

टिप्पणीहरू