एमाले अध्यक्ष ओली र राष्ट्रपतिवीच बिशेष छलफल

एमाले अध्यक्ष ओली र राष्ट्रपतिवीच बिशेष छलफल

 प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटवार्ता गरेको चार दिनपछि एमाले अध्यक्ष पनि शीतल निवास पस्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी नतिजा आउने क्रममा गत शुक्रवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । 

उहाँ चुनावपछिको अवस्था र प्राप्त पछिल्लो मतपरिणामबारे जानकारी गराउन जानुभएको श्रोतको दावी छ । 

त्यसको चार दिनपछि एमाले अध्यक्ष केपी शर्मा ओली शीतल निवास छिर्नुभएको हो । अध्यक्ष ओली एक्लै गत मंगलवार दिउँसो शीतल निवास पुग्नुभएको उहाँका निजी सचिव राजेश बज्राचार्यले बताए । 

ओली र राष्ट्रपतिवीच खाजा समय दिउँसो साढे १२ बजेदेखि झण्डै २ बजेसम्म कुराकानी भएको थियो ।

टिप्पणीहरू