माओवादी अध्यक्ष सुकुटे जानुको कारण अर्कै

माओवादी अध्यक्ष सुकुटे जानुको कारण अर्कै

‘मुड फ्रेस’ गर्न हिजो सुकुटे जानुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टोली आज राजधानी फर्केको छ । पारिवारिक भ्रमण उल्लेख गर्दै अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट पुग्नुभएको थियो । उहाँ दुबै छोरी र परिवारका अन्य सदस्यसहित त्यहाँ जानुभएको हो ।

उहाँहरुले हिजो दिउँसो भोटेकोसीमा राफ्टिङसमेत गर्नुभएको थियो । बा.१७ च ३०७१ नम्बरको सरकारी नम्बर प्लेटको जीपमा त्यता जानुभएका अध्यक्षको टोलीलाई सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी बल नेपालका निरीक्षकको नेतृत्वमा छ जनाको टोली सक्रिय भएको हो । 

टोलीमा पूर्व सभामुख अग्नीप्रसाद सापकोटा पनि हुनुहुन्थ्यो । ‘मुड फ्रेस’ को निम्ति त्यता जानुभएका भनिएका अध्यक्ष दाहाल र सभामुख अग्निप्रसाद सापकोटाले अस्ति रातभर पार्टीको दस्तावेज लेख्नुभएको माओवादी स्रोतको दाबी छ । ‘उहाँहरु महत्वपूर्ण राजनीतिक निर्णयको तयारीका लागि सिन्धुपाल्चोकको सुकुटे जानुभएको हो,’ स्रोतले भन्यो ।

टिप्पणीहरू