बालुवाटारमा भेटघाट निरन्तर

बालुवाटारमा भेटघाट निरन्तर

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजनीतिक भेटघाट बाक्लो हुन थालेको छ । सो क्रममा हिजो पनि विभिन्न दलका नेता तथा मन्त्रीहरु त्यहाँ पुगेका हुन् । हिजो बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच झण्डै दुई घण्टा भेटवार्ता भएको थियो । उहाँहरुबीच ९ बजेदेखि छलफल भएको बताइन्छ । 

त्यसपछि प्रधानमन्त्रीसँग उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले १२ बजेदेखि १ बजेको हाराहारीसम्म भेट गर्नुभयो भने नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद तथा पूर्वमन्त्री प्रेम आलेमगरले त्यसपछि भेट्नुभएको हो । उहाँहरुबीच दिउँसो सवा १ बजेदेखि २ बजेसम्म कुराकानी भएको थियो ।

टिप्पणीहरू