अर्थमन्त्रीले फेर्नुभयो आन्तरिक राजश्वको महानिर्देशक, दीर्घ मैनाली नियुक्त

अर्थमन्त्रीले फेर्नुभयो आन्तरिक राजश्वको महानिर्देशक, दीर्घ मैनाली नियुक्त

आन्तरिक राजश्व विभागको महानिर्देशक दीर्घ मैनालीले नियुक्ति पाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै सार्वजनिक ऋृण व्यवस्थापन कार्यालयमा कार्यरत रहेका मैनालीलाई लाजिम्पाटस्थित विभागको कमाण्डर बनाएर खटाएका हुन् । 

विभागको महानिर्देशक रहेका रितेश शाक्यलाई अर्थ मन्त्रालयमा तानिएको छ । अर्थमन्त्री शर्माले गत कार्तिक तेस्रो साता आन्तरिक राजश्व र भन्सार विभागको हाकिमहरुको सरुवा गर्न खोजेका थिए । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा अर्थले निर्वाचन आयोगसँग सहमति समेत माग गरेकोमा त्यतिखेर आयुक्त रामप्रसाद भण्डारी असहमत हुँदा अर्थमन्त्रीको योजनामा ब्रेक लागेको थियो । 

निर्वाचन सकिएर कामचलाउको हैसियतमा पुगेका अर्थमन्त्रीले महत्वपूर्ण विभागको महानिर्देशक परिवर्तन गर्न भ्याएका हुन् । यता भन्सार विभागको महानिर्देशक परिवर्तन गर्ने सन्र्दभमा भने आज कुनै निर्णय नभएको अर्थ स्रोतले जनआस्थालाई बताएको छ । 

अर्थमन्त्री शर्माले भन्सारका हाकिम कमल भट्टराईलाई अर्थमा तानेर चक्रबहादुर बुढालाई त्यहाँ पठाउन चाहेका छन् ।

टिप्पणीहरू