मधेशमा प्रत्यक्षतर्फको मतगणना सकियो

मधेशमा प्रत्यक्षतर्फको मतगणना सकियो

मधेश प्रदेशमा मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मतगणना सकिएको छ । प्रदेशमा रहेको संघीय संसदको ३२ तथा प्रदेश सभाको ६४ सीटको मत गणना सकिएको बताइएको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ केही जिल्लामा गणना सकिएको छ । केही जिल्लामा गणना भइरहेको बताइएको छ । सम्भवत ः भोलिसम्ममा मधेशको सबै मतगणना कार्य सम्पन्न हुने जानकारी दिइएको छ ।

प्रत्यक्षतर्फको अन्तिम परिणामअनुसार प्रतिनिधि सभामा एमालेले ९, नेपाली काँग्रेसले ७, जसपाले ६, लोसपा ३, स्वतन्त्र ३, एकीकृत समाजवादी र माओवादी तथा जनमत पार्टी एक एक सीटमा विजयी भएका छन् ।

प्रदेश सभातर्फ एमाले १५, काँग्रेस १३, जसपा ९, लोसपा ७, जनमत पार्टी ६, स्वतन्त्र ६, एकीकृत समाजवादी र माओवादी केन्द्रले चार चार सीट प्राप्त गरेका छन् ।

टिप्पणीहरू