भूकम्पले इण्डोनेसियाको जमिन यस्तरी बगायो

भूकम्पले इण्डोनेसियाको जमिन यस्तरी बगायो

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमवार गएको ५.६ म्याग्निच्युडको भूकम्पमा परेर हालसम्म ३१० जनाको ज्यान गएको छ ।

दिउँसो १ बजेर २१ मीनेट जाँदा पश्चिमी जाभाको सियानजुर क्षेत्रमा गएको भूकम्पमा धेरै जना हराएका छन् । भूकम्पका कारण कम्तिमा दुई हजार ४३ जना घाइते भएका छन् भने ६१ हजारभन्दा बढी विस्थापित भइसकेका छन् । 

विनाशकारी भूकम्प जाँदा लिइएको भूउपग्रहको भिडियोमा केन्द्रबिन्दु वरिपरिको भूभाग डरलाग्दो तरिकाले बगेको देखिएको छ । उक्त क्षेत्रको जमिन र जमिनमाथिका भवन, कृषियोग्य जमिन बगेर पछि भिषण पहिरोमा परिणत भएको थियो । सोही पहिरोमा परी धेरै जनाको ज्यान गएको छ भने कैयौं हराइरहेका छन् ।

टिप्पणीहरू