एसियामा बढेको तनावप्रति चिनियाँ राष्ट्रपतिले मुख खोल्नुभयो

एसियामा बढेको तनावप्रति चिनियाँ राष्ट्रपतिले मुख खोल्नुभयो

चीनका राष्ट्रपति सी जिनपिङले कोरियाली प्रायद्विप र एसियाली भूभागमा बढेको शीतयुद्धरुपी तनावलाई सबैले अस्वीकार गर्नुपर्ने बताउनुभएको छ । उहाँले बैंककमा भएको एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा उक्त धारणा राख्नुभएको हो ।

एपेक नेताहरूको शिखर सम्मेलनमा दिनुभएको लिखित भाषणमा राष्ट्रपति सीले चीनलाई क्षेत्रीय एकताको चालकको रूपमा हेर्ने इच्छा व्यक्त गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपतिको भनाइ अमेरिकाको बढ्दो तर जबरजस्ती आर्थिक र सैन्य प्रभावप्रति लक्षित रहेको विश्लेषण गरिएको छ । उहाँले आफनो धारणामा एसिया–प्रशान्त क्षेत्र  ‘कसैको पनि आँगन’ नभएको र यो ‘ठूलो शक्ति प्रतिस्पर्धाको निम्ति मैदान बन्नु नहुने’, सांकेतिक चेतावनी दिनुभएको छ । आर्थिक र व्यापार सम्बन्धलाई राजनीतिकरण एवम् हतियार बनाउने कुनै पनि प्रयासको सबैले निन्दा गर्नुपर्ने उल्लेख गर्नुभयो ।  

टिप्पणीहरू