गुजरातबाट आएको भारतीय बस नवलपरासीमा पल्टियो, २२ जना घाइते

गुजरातबाट आएको भारतीय बस नवलपरासीमा पल्टियो, २२ जना घाइते

भारतको गुजरातबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटनामा परेको छ । पशुपति दर्शनका लागि तीर्थयात्री बोकेको भारतीय नम्बर प्लेटको बस बर्दघाट,सुस्ता पूर्वको गैंडाकोट नगरपालिका–९ मा आज बिहान पल्टिएको इलाका प्रहरी कार्यालय, गैंडाकोटले जनाएको छ ।

दुर्घटनामा चालकसहित २२ जना घाइते भएका छन् । घाइतेहरूको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ । दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।

टिप्पणीहरू