राष्ट्रपतिले ट्याम्पो चढ्न खोज्दा
‘राष्ट्रपति म ट्याम्पो चढेर हिँड्छु भन्नुहुन्छ, के त्यसै गर्न दिने त ? हामीले नै हो सेनाको मागबमोजिम उहाँको लागि राम्रो गाडीको व्यवस्था गर्न लागेको । उहाँको यसमा केही दोष छैन ।’
नेकपाको बहुचर्चित स्थायी समिति बैठकमा उठेका प्रश्नउपर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले दिएको जवाफ हो यो । त्यसअघि पूर्व एमालेको अनुशासन कमिटीमा अध्यक्ष रहेका अमृत बोहोरालगायत इमान्दार र स्वच्छ छविका नेताहरूले भिभिआईपीहरूको लागि गर्न लागिएको विलासी व्यवस्थाप्रति आम रुपमा उठेको टिप्पण…