साप्ताहिक समाचार

​दायरा होइन दर, मान्छे तात्ने डर

करको दर हैन, दायरा बढाउने त भनिन्छ । तर, दायरा नबढ्ने, बरु दर नै गड्बड हुने स्थिति छ । नयाँ आर्थिक ऐनअनुसार ढुवानीमा कर लाग्ने, डिजेलको भ्याट फिर्ता नहुने भएपछि यसै पनि मालसामान, खाद्यवस्तु र इन्धनको मूल्य बढ्ने भयो । कर्णालीलगायत दुर्गमको हकमा अर्को पनि सास्ती छ । अब सामान बोक्ने खच्चरको भ्याटबिल चाहियो । गमगढीबाट गाउँतिर भेँडा र चौंरीमा सामान ओसार्नुप¥यो भने के हुन्छ ? पिठ्युँमा सामान ढुवानी गर्ने भरियाको हकमा के हुन्छ ? सँगै कतिपय ड्राइभर हुन्छन्, ट्रायलमा पास भए पनि…