साप्ताहिक समाचार

परिस्थितिलाई मान्छेले कहाँसम्म पु¥याउँछ ?

संघीय राजधानीका सडकको कथा हो यो । फोटो हेर्नुस्, रुकुमकी नानुमाया घर्ति (नाम परिवर्तन), उमेर २१ वर्ष । बालाजु, नयाँ बसपार्कदेखि गोंगबुसम्मका सडकमा हिँड्नुस्, उनलाई नभेटिएको दिन हुँदैन । फोटोमा बोकेको झोला देखिन्छ, जसभित्र सवा दुई लाख रुपैयाँ नगद छ । सडकदेखि सडकसम्म चहार्ने यी मामुली युवतीसँग कसरी यति धेरै पैसा आयो ? असोजको पहिलो साता मित्रनगरस्थित नेपाल टेलिकमको छेउमा उनी उभिएकी थिइन्, प्रहरीले लखेट्यो । लखेटिएको भोलिपल्ट नानुमाया आफँै बसपार्क प्रहरी कार्यालय पुगिन् ।…