वित्त आयोगलाई सुधार्ने कि बिगार्ने ?
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीविरुद्ध परेको उजुरीउपर हाल प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा छलफल भइरहेको छ । गत साउन ११ गते पहिलोपटक छलफल गरे पनि अर्को बैठकको टुंगो छैन । समितिका उपसचिव प्रदीप गुरागाईँले सदस्यहरू विभिन्न जिल्ला पुगेकाले तत्काल बैठक बस्ने कुनै सम्भावना नभएको बताए ।
उनले भने, ‘एउटा बैठक त बस्यो । तर, अर्को कहिले बोलाउने भन्ने टुंगो छैन ।’ आयोगका पदाधिकारीविरुद्ध उजुर परेको लामो समय भइसकेको छ । राष्ट्रिय प्रजातन्त्र …