पूर्वराजाकी भतिजी झण्डै पक्राउ
चैत १५ को तीनकुने हिंसात्मक घटनाका आरोपितहरू आदालतको आदेश लिएर धमाधम छुटिरहँदा सोही घटनामा निर्मल निवासका एक सदस्य पक्राउ पर्नबाट बालबाल जोगिएको सूचना प्राप्त भएको छ । राजावादी आन्दोलनका लागि आर्थिक व्यवस्थापन गरेको तथ्य खुलेपछि पूर्वराजा ज्ञानेन्द्र शाहकी भतिजी सिताष्मा शाहलाई सोधपुछका लागि नियन्त्रणमा लिने तयारीबाट अन्तिम समयमा सरकार पछि हटेको जानकारी उच्च स्रोतले दिएको हो ।
एक पत्रकारसहित दुई जनाको ज्यान जानेगरी भएको तीनकुने हिंसामा निर्मल निवास संलग्नता रहेक…