भण्डारीका कारण अज्ञात डर ! ओलीलाई सर्भेको भर !
सदस्यता नवीकरण दुई वर्षअगाडि नै गरिए पनि एमाले अध्यक्ष केपी ओलीलाई अहिले आएर मात्रै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोक्ने दिव्यज्ञान प्राप्त भयो । उनले शुरुमा सदस्यता नवीकरण गर्न खोज्दा नै छेकेको भए आज यस्तो दबाब र डरको सामना गर्नुपर्ने थिएन । तर यत्ति हुँदा पनि ओली भयबाट मुक्त भएका छैनन् । आफूले उठाएको कदमप्रति भरोसा नभएर हो कि आत्मविश्वास नबढेर ओलीले सर्वोक्षणका लागि टोली नै खटाउनु परेको छ ।
यतिबेला आएर जारी भैसकेको सदस्यता रोक्नु भनेको वास्त…