एकीकृत समाजवादीका दुई तिहाई एकताको पक्षमा !
नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको विषयलाई लिएर नेकपा (एकीकृत समाजवादी) भित्र चर्को मतभेद उत्पन्न भएको छ । जारी केन्द्रीय समितिको बैठकमा नेताहरुबीच एकताको विषयमा फरक दृष्टिकोण आएपछि कार्यकर्ताहरु भिन्दाभिन्दै कित्तामा उभिएका हुन् ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार हिजोको बैठकमा २५ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । आज यो समाचार तयार पार्दासम्म १६ जनाले आफ्नो राय राखिसकेका छन् । बैठकमा बोल्ने ७० प्रतिशत नेताहरुले विचार, सिद्धान्त, नीति र कार्यदि…