राजनीति

महेश बस्नेत पुगेपछि पोखरामा मोटरसाइकल र्याली

नेकपा एमालेले पोखरामा मोटरसाइकल र्याली निकालेको छ । पोलिटब्युरो सदस्य महेश बस्नेत पुगेपछि आजै काठमाडौंबाट पोखरा पुगेपछि कास्की एमालेले र्याली आयोजना गरेको हो । जेन–जी प्रदर्शन र विध्वंशपछि मुलुकका विभिन्न स्थानमा भइरहेको प्रदर्शन र मोटरसाइकल र्यालीको सिलसिलामा आज पोखरामा उक्त कार्यक्रम आयोजना गरिएको हो । एमाले जनसंगठन सुदृढीकरण र जनसम्पर्क विस्तारका लागि यस्ता कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

Page 36 of 910