प्रसाईंको माग : संविधान खारेज, ओली पक्राउ
सरकार र दुर्गा प्रसाईं समूहबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । गृह मन्त्रालयमा करिब एक घण्टा चलेको वार्तामा प्रसाईंको टोलीले २७ बुँदे माग अघि सारेको बताइएको छ ।
राजसंस्था पुनर्स्थापनादेखि जनजीविकाका मुद्दासम्म समेटिएको मागपत्र गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाइएको छ । जसमा संविधान खारेज गरी सनातन हिन्दुराज्य र संवैधानिक राजसंस्था स्थापना गर्नुपर्ने, यसको छिनोफानो जनमत संग्रहमार्फत हुनुपर्नेजस्ता विषय उल्लेख छ ।
प्रदेश संरचना खारेज र प्रत्यक्ष निर्वाचित कार्यकार…