नेपाल एअरलाइन्सका दुई क्याप्टेनलाई विमान उडाउन रोक
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायु सेवा निगमका दुई कयाप्टेनलाई जिम्मेवारबाट निलम्बन गरेको छ । प्राधिकरणले क्याप्टेन विजय लामा र सोनी राणालाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको हो ।
उनीहरूले जहाजभित्र फोटो तथा भिडियो खिचेर हवाइ सुरक्षासम्बन्धी उडान नियम विपरित कार्य गरेको क्यानको ठहर छ । दुवैलाई स्पष्टीकरण सोधिएको क्यानका डेपुटी म्यानेजर ज्ञानेन्द्र भुलले जानकारी दिए ।
उनका अनुसार अब निमगले उनीहरूमाथि छानविन तथा अनुसन्धान गरेर क्यानला…