फोकटमा पैसा गयो फटाफट
अक्टुबर महिना, अर्थात् दशैंताका हामीले भारतबाट एक युनिट पनि बिजुली ल्याएनौँ । तर, मासिक झण्डै ९ करोड भाडाबापत बुझायौँ । यस्तो किन भयो ? कारण हो, ढल्केबर–मुजफ्फरपुर चार सय केभी क्षमतायुक्त प्रशारण लाइनको निम्ति गरिएको २५ वर्षे सम्झौता ।
चार वर्षअघि गरिएको उक्त सम्झौता केपी ओलीको पालादेखि कार्यान्वयनमा गएको हो । ‘क्यापासिटी बुकिङ’, अर्थात् उताबाट बिजुली ल्याउँदा या यताबाट पठाउँदा जुन बाटो प्रयोग गरिन्छ, त्यसबापत हामीले सो सुविधा उपभोग गरे पनि, नगरे पनि भा…