गगनका सुराकीले गोद्लान् नि !
कुरा जतिसुकै आदर्शको गरे पनि काममा चाहिँ चर्को कांग्रेसीकरण चलाएका छन्, स्वास्थ्यमन्त्री गगन थापाले ।
स्वास्थ्यमा १५ देखि २० जना सुराकी बिरामीको भेषमा खटिएका छन् । कुन हाकिमले के गरे भनेर बुझ्न ।
कर्मचारीले ठीकसँग काम गरे, नगरेको अनुगमन गर्नलाई राज्यले राष्ट्रिय सतर्कता केन्द्र नामक अलग्गै निकाय खडा गरेको छ । तर, अहिले स्वास्थ्यअन्तर्गतका निकायमा मन्त्री गगनका सुराकी परिचालित हुँदा आतंक सिर्जना भएको छ । जहाँ–जहाँ एमालेसम्बद्ध हाकिम छन्, त्यहाँ–त्यहाँ पुग्छन् गगनका सुराकी…