कहाँबाट आयो नेतासँग २–४ खर्बको सम्पत्ति ?
नागरिकतामा ४ वर्ष उमेर नबढाइएको भए रूपनारायण अहिले रिटायर्ड जीवन होइन, सचिवका रूपमा कुनै मन्त्रालय÷आयोग चलाइरहेका हुन्थे । यातायातको डिजी हुँदा सिण्डिकेट तोड्ने प्रयत्न र गोंगबु बसपार्कभित्र ल्होत्सेको दादागिरीविरुद्ध खरो रूपमा उत्रिएका उनी तत्कालीन मन्त्री रघुवीर महासेठको निशानामा परे र त्यही कारण तानिएर २४ घण्टामा तीन पटक सरुवामा परे । यातायातका भ्रष्ट कर्मचारीलाई पाता कस्ने, एकै पटक ६१ करोड राजश्व हिनामिनाको मुद्दा चलाउनेदेखि एक सय कर्मचारी निलम्बन गर्ने काम…