मेरो गीत किन चोर्नुपरेको होला !
खोटाङ जिल्लाको पहिलो मावि चम्पावती हो । पुर्खाहरूको उत्साह र बिरासतले आफ्नै गाउँमा विद्यालय स्थापित भयो । जहाँ म पढें, त्यहीँ शिक्षक भएँ । मेरो आनिबानी बिल्कुलै मन पराउने श्रदेय दाजु वरिष्ठ साहित्यकार जसराज किराँतीज्यूले शिक्षण पेशा छाडेपछि त्यही शिक्षक कोटामा २०३० सालमा निःसन्देह प्रवेश गराउनुभयो ।
गुण लाउनुभयो तर ऋण तिर्न सकेको छैन । मेरो झुकाव गाउने, बजाउनेतिर भएकाले प्रधानाध्यापक एकनाथ ढकालज्यूले संगीततिर बढावा दिनुभएको थियो । बिहान स्कूलको प्रांगणमा राष्ट्रि…