बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजनको घुईंचो
राजेशचन्द्र राजभण्डारी
नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिर बागलुङ्मा नयाँ वर्ष २०८० बैशाख १ गतेका दिन हजारौं श्रद्वालु भक्तजनको घुइँचो लागेको छ । रमणीय मनमोहक जंगलको बीचमा अवस्थित मन्दिरमा टाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेको छ ।
नेपाली हिन्दूधर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालीका भगवती मन्दिरमा नयाँ वर्षको दिन बिहानैदेखि श्रद्धालु भक्तजनहरूको बिहानदेखि नै मन्दिर पूजा अर्चना गर्नेहरूको भीड लागेको छ ।…