लागुऔषध सेवनको परिणाम : पहिले साइकल चोरी, अहिले महँगो गाडी
नेपालीमा उखान छ ,‘सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ ।’ यसलाई चरितार्थ गरेका छन् विराटनगर ४ का २४ वर्षे लागूऔषध प्रयोगकर्ता युवा मन्तोष बिनले । पहिले लागूऔषध सेवनका लागि साइकल चोर्दै आएका मन्तोषले हिजो बिहानीपख २ बजे विराटनगरको मुख्य राजमार्गमा रहेको शोरुमको सिसा फुटाएर ८० लाख रुपैयाँ पर्ने कार चोरेका हुन् ।
चोरेको कार आफैँले चलाएर सुनसरीको नाका हुँदै भारततर्फ कार लैजाँदै गर्दा पेट्रोल सकिएपछि उनी कारसहित प्रहरीको फन्दामा परेको बता…