सरकार तीनथरी, निर्णय अनेकथरी

सरकार तीनथरी, निर्णय अनेकथरी

मुलुकमा कृयाशील तीनथरी संघीय, प्रदेश र स्थानीय सरकारले बेला बखत अचम्मका निर्णय गरेको सुन्न र देख्न पाइएको छ । हालै सिन्धुपाल्चोक जिल्लाका दुईवटा गाउँपालिकामा त्यस्तै निर्णय भएको छ । भोटेकोशी गाउँपालिका वडा नं। १ मा कोरोना संक्रमण रोक्ने उद्देश्यले तास नखेल्न र नखेलाउन सूचना नै जारी गरिएको छ । वडाध्यक्षले जारी गरेको सूचनामा तास खेल्दा,फिट्दा र बाँड्दा थुक लगाइने र त्यसरी मुखमा हात लैजाँदा कोरोना संक्रमण फैलनसक्ने भएकाले स्थानीयलाई जुवा नखेल्न भनिएको छ । सूचनाको बर्खिलाप गरेमा कानुनबमोजिम कारबाही गरिने समेत वडाध्यक्षको सूचनामा उल्लेख छ ।

उता,हेलम्बु गाउँपालिकाले एकल महिलालाई झैं एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिएको छ । गाउँपालिकाले श्रीमतीको मृत्यु भएका सबै उमेरका पुरुषलाई मासिक पाँच सय रूपैयाँ भत्ता दिने निर्णय हालै गरेको हो । एकल महिलालाई संघीय सरकारले भत्ता उपलब्ध गराउँदै आएको छ । तर,हेलम्बु गाउँपालिकाले भने एकल पुरुषलाई आफ्नै स्रोतबाट भत्ता दिएको हो । महिला र पुरुषलाई समान बनाउन एकल पुरुषभत्ताको निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । तर, वृद्धभत्ता लिन थालेपछि एकल पुरुषभत्ता दिइने छैन ।

पनौती नगरपालिका वडा नं ७ ले पुरानो क्षेत्रभित्र नेवार जातीको बाहुल्यता रहेको क्षेत्रमा धर्म संस्कृति र पुरातत्विक सम्पदा जोगाउन पुरानो घर तथा जग्गा बेचबिखन गर्न घर बाटोको सिफारिस लिन आएमा नदिने वडाध्यक्षको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू