डलर अर्बपति हिजै नयाँ दिल्लीतिर

डलर अर्बपति हिजै नयाँ दिल्लीतिर

नेपाली काँग्रेसका सांसद, उद्योगपति तथा मुलुकका एक मात्र डलर अर्बपति विनोद चौधरी भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । उनी बिहान त्यसतर्फ गएका हुन् ।

चौधरी सवा ८ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर २०५ बाट नयाँ दिल्ली गएको निगम स्रोतले बताएको छ । हिजै उताबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्र राय यादव नेतृत्वको १० सदस्यीय टोली काठमाडौं फर्केको छ । टोली एअर इण्डियाको उडान नम्बर एआई २१६ बाट दिउँसो सवा ३ बजे स्वदेश फर्केको हो ।

उता कतारकी राजकुमारी हिजो घर फर्केकी छन् । राजकुमारी शिखा आस्मा अल थानी कतार एअरवेजको उडान नम्बर क्युआर ६४९ बाट हिजो बिहान पौने १२ बजे फर्केकी हुन् ।

टिप्पणीहरू