आफ्नै नेताविरुध्द देविका आगो

आफ्नै नेताविरुध्द देविका आगो

नेकपा (एमाले) निकट पत्रकारहरूकाे संगठन प्रेस चाैतारी नेपालकी उपाध्यक्ष देविका घर्ती मगरले पार्टीकै एकजना ढाेँगी पूर्वमन्त्रीले संसदमा उभिएर ठूलाे कुरा गरेको भन्दै आक्राेश पाेखेकी छन् ।

संसद भवनभित्र गुन्जिएका ती पूर्वमन्त्रीले गर्भवती अवस्थामा पूर्वाग्रही ढंगले एक जना सानो पदको कर्मचारीको जागिर खाइदिएको पनि खुलासा गरेकी छन्। उपाध्यक्ष घर्ती मगरले फेसबुकमा लेखेकी छन्, ‘एमालेको एकजना पूर्व मन्त्री छ,त्यसको अनुहार पनि हेर्न मन पर्दैन ।

जसले पूर्वाग्रही ढंगले एक जना सानो पदको कर्मचारीको गर्भवती अवस्थामा जागिर खाइदिएको थियो । आज त्यसैले संसद्मा ठूला कुरा गरेको सुन्दा उदेक लाग्यो ! ढोँगी ।’ उनी महासचिव शंकर पाेखरेलकाे गृहजिल्ला दाङकी हुन् । देविका दर्जनौं आकांक्षीहरूलाई पाखा लगाउँदै प्रेस चाैतारीकाे पाेखरा महाधिवेशनबाट उपाध्यक्षमा छानिएकी थिइन् ।

टिप्पणीहरू