शाकिराले गरिन् पारपाचुकेको ‘बोल्ड डिसिजन’

शाकिराले गरिन् पारपाचुकेको ‘बोल्ड डिसिजन’

विश्वप्रख्यात कोलम्बियाली पप गायिका शाकिराले डिभोर्स गर्ने निर्णय गरेकी छन् । सन् २०१० को विश्वकपमा ‘वाका–वाका’ गीतबाट चर्चा कमाएकी शाकिरा स्पेनका दिग्गज फुटबलरसमेत रहेका पति जेरार्ड पिकेसँगको १२ वर्ष लामो सम्बन्ध अन्त्य गर्ने मुडमा पुगेकी हुन् ।

पिकेको अर्की एक महिलासँग विशेष सम्बन्ध रहेको थाहा पाएपछि शाकिराले आफूलाई धोका दिएको भन्दै अलग हुने निर्णय लिएकी हुन् । शाकिराका कतिपय फ्यानले उक्त निर्णयलाई बोल्ड भनेका छन् ।

जेरार्डका कतिपय फ्यानले दुःख व्यक्त गरेका छन् । दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपपछि उनीहरु एकाएक नजिकिएका थिए । शाकिराले गाएको ‘वाका–वाका’ गीतमा विश्वकपमा दुबैजना सँगै देखिएका थिए ।

शाकिरा र पिकेको उमेर अन्तर १० वर्ष बढी छ । उनीहरुको दुई वटा सन्तान पनि छन् । पिके हाल बार्सिलोनाको केल मुन्टानेरमा एक्लै बस्दै आएका छन

टिप्पणीहरू