साढे ५ हजार वर्ष पुरानो रुख भेटियो

साढे ५ हजार वर्ष पुरानो रुख भेटियो

चिलीमा संसारकै सबैभन्दा पुरानो रूख फेला परेको छ । भेटिएको रुख झन्डै ५ हजार वर्ष पुरानो भएको अनुमान गरिएको छ । यसबारेमा अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक जोनाथन बारिचिभिचले आफूहरूले निकालेको नमूना र मितिका विधिले रूख ५ हजार ४ सय ८४ वर्ष पुरानो देखिएको बताए ।

सो रुखको उमेर, आकार, फैलावट आदिको जानकारी कम्प्युटरको विधि मार्फत पत्ता लगाइएको वैज्ञानिकहरुको भनाइ छ । रुखको फेदको आकार असाध्यै ठूलाे भएका कारण वैज्ञानिकहरूले रुखको वास्तविक उमेर अझै यकिन गर्न नसेकेको बताइएको छ ।

एलर्स मिलेनारियो भनिने सो रुखलाई वैज्ञानिकहरुले प्याटागोनियन साइप्रस नयाँ नाम दिएका छन् । यसअघि क्यालिफोर्नियाको एउटा सल्लालाई अहिलेसम्मकै पुरानो रुख भनिएको थियो । सो रुख ४ हजार ८५३ वर्ष पुरानो मानिन्छ ।

वैज्ञानिकहरुको यो सफलतालाई चिलीका पूर्ववातावरणमन्त्री तथा हाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको अन्तरसरकारी प्यानलका सदस्य माइसा रोजासले ‘अद्भुत वैज्ञानिक खोज’ भन्दै प्रशंसा गरेका छन् ।

टिप्पणीहरू