स्थानीय चुनावको समीक्षा,आगामी चुनावको तयारी

स्थानीय चुनावको समीक्षा,आगामी चुनावको तयारी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय चुनावको समीक्षा गर्दै अब हुने प्रदेश र संघको चुनावी अभियाननिम्ति योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित काठमाण्डौ महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावमा विजेता र उम्मेदवार बनेका सम्पूर्णलाई बधाई तथा धन्यवाद दिनुभयो । उहाँले चुनावको समीक्षा गर्दै पार्टी निर्माण र देखिएका विकृति विसंगति विरुद्ध जुध्नु पर्ने बताउनु भयो । उहाँले प्रदेश र संघको निर्वाचनले राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने भन्दै त्यसको लागि उत्साहित भएर तयार हुन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

“ओलीले पठाएका प्रस्तावहरूको पछि नलाग्न भन्दै उनले दिनमा ३ वटासम्म प्रस्तावहरू पठाउने पुरानो इतिहास स्मरण गर्नुभयो ।”

एमालेलाई स्थानीय निर्वाचनपछि ठूलो धक्का लागेको भन्दै निर्वाचन परिणामले तिलमिलाएका ओलीले पठाएका प्रस्तावहरूको पछि नलाग्न भन्दै उनले दिनमा ३ वटासम्म प्रस्तावहरू पठाउने पुरानो इतिहास स्मरण गर्नुभयो । प्रधानमन्त्री बन्ने प्रस्ताव आयो भन्दा बेढङ्ग हुने बताउनु भयो । आफूलाई मात्र केन्द्रबिन्दुमा नराखेर सबै पक्षको ज्ञान,सीप र विवेकको प्रयोग गर्नुपर्ने भन्दै अध्यक्ष नेपालले ओलीमा सामूहिक भावना मात्र भैदिएको भए यो अवस्था सृजना नहुने बताउनु भयो ।

टिप्पणीहरू